प्रहरी प्रधान कार्यालयद्वारा ४८ एसपी र एकसय २० जना डीएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यअवधि पुरा भएका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र एकसय २० जना नायव प्रहरी उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार मानव स्रोत विकास विभागले उनीहरुको सरुवा गरेको हो । भदौ महिनादेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *