माधव नेपाल निर्दोष, सधैंको टेन्सन सकियोः प्रचण्ड

पोखरा । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा लागेको बताउँदै समाजवादी मोर्चा मोर्चामा मात्र सीमित नरहेको स्पष्ट पारेका छन् ।

‘भ्रष्टाचारका कारण देश थिलथिलो भएको छ । राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ,’ पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ ।’

यसैगरी, उनले ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ भन्दै सुन तस्करीहरूको भयानक जालो तोड्ने कुरा रहेको बताए । ‘मिटरब्याजपीडित गरिब किसानको पक्षमा प्रहार ग¥यौं, ऐन बनायौं, आयोग बनायौं । जनयुद्ध दिवस, शहीद घोषणा ग¥यांै । देश र जनताको पक्षमा लिइएका पहल सामान्य प्रकृतिका छैनन्, दूरगामी महत्वका छन्,’ उनले दाबी गरे ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भइसकेको पनि प्रचण्डले बताए । ‘माधवजीका ’boutमा पनि धेरै प्रश्नहरू आइरह्यो तर पहिलोचोटि उहाँ निर्दोष हुनुभयो भन्ने साबित भएको छ । औपचारिक ढंगले साबित भएको छ । फेरि प्रश्न उठाउने ठाउँ रहेन,’ उनले भने, ‘सिआइबीले बयान लियो, बयानबाट मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएको छ । सधैंको टेन्सन सकियो ।’

जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएकाले अमेरिका भ्रमणक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्या’bout प्रमुख रूपले कुरा उठाउने उनले उद्घोष गरे ।

‘केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदै छु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्या’bout गम्भीर रूपले कुरा उठाउँछु,’ उनले भने, ‘आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ ।’

उनले यो सरकार सुझबुझपूर्ण ढंगले गठन भएको दाबी गर्दै उनले राजनीतिक मोर्चामा पनि आफूहरू सफल अवतरण गरिरहेको बताए । ‘समाजवादी मोर्चा कुनै आवेगमा बनाइएको होइन, सानो उद्देश्य लिएर बनाइएको पनि होइन, निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन,’ उनले भने, ‘यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो ।’

उनले भने, ‘धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौं । विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो । माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो । मलाई खुसी छ । सबै कम्युनिस्ट क्रान्तिकारी, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने संकल्प रहेको छ ।’ उनले समाजवादी मोर्चाबाट सकेसम्म जनमुखी काम गरिरहेको प्रचण्डले दाबी गरे । उनले मुलुकको अर्थतन्त्र ट्र्याकमा ल्याउने काम भएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता भएको बताए । यसले लगानीको राम्रो वातावरण बनेको छ ।

सीमा समस्या समाधानका लागि महत्वपूर्ण काम भएको छ । पञ्चेश्वर परियोजना अगाडि बढेको छ । पञ्चेश्वरले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ । बंगलादेशसँग विद्युत् व्यापारको सम्झौता भएको छ, उनले भने । यसैगरी उनले दाबी गर्दै भने, ‘विरोधीले सरकारले राम्रो ग¥यो भन्दैनन् उनीहरूले त खत्तम पारे भन्छन् । सरकारका राम्रा काम जनतामा लैजाने हामीले नै हो ।’

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कसैको विपक्षमा नभई देश र जनताको हितमा अगाडि बढ्न चाहेको बताए । उनले जनता र देशको विकासमा बाधा गर्नेलाई नांगेझार पार्ने चेतावनीसमेत दिए ।

समाजवादी मोर्चाको प्रगति देख्न नचाहनेहरू पसिनाको पोखरीमा डुबेर मर्ने अवस्था आएको भन्दै व्यंग्यसमेत उनले गरे ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वमाओवादीलाई जेल पु¥याउने षड्यन्त्र भएपछि आफूहरू एउटै मैदानमा जोडिएको बताए । उनले सुशासनको पक्षमा आफूहरू सरकारको साथमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *