नेपालको चुच्चे नक्सा स्वीकार नगरेको बन्दै बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका छन् । चीनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालले जारी गरेको नयाँ नक्सा स्वीकार नगरेको भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।मेयर साह पाँच दिने चीन भ्रमणमा जाँदै थिए ।

उनले भनेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

भारतले केही दिनअघि भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । नक्सामा नेपालको चुच्चे नक्सा समेटिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *