काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोकबहादुर थापाले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उनले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सम्माननीय राष्ट्रपतिबाट आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्न पाउँदा गौरवान्वित भएकाे राजदूत थापाले बताएका छन् । सपथग्रहणपछि थापाले ट्विट गर्दै आफूमाथि विश्वास गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
राजदूत थापाले नेपालको बहुपक्षीय संलग्नतालाई अभिवृद्धि गर्न र संयुक्त राष्ट्र संघसँगको हाम्रो साझेदारीलाई अझ बलियो र गहिरो बनाउन लगनशीलताका साथ काम गर्न तत्पर रहेकाे उल्लेख गरेका छन् ।
I am honored to take the oath of office and secrecy from the Rt Hon. President today. Gratitude to the GoN ???????? for reposing trust in me. Looking forward to working diligently to enhance Nepal’s multilateral engagements and make our partnership with the UN ???????? stronger and deeper. pic.twitter.com/zjmfebqsUc
— Lok B Thapa (@LokThapa2071) August 30, 2023