चौथो विकेटको रुपमा आरिफ आउट

काठमाडौं । एसीसी एसिया कप अन्तर्गत जारी पाकिस्तानविरुद्धको उद्धाटन खेलमा नेपालले चौथो विकेट गुमाएको छ । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले चौथो विकेटको रुपमा आरिफ शेखलाई गुमाएको हो ।

आरिफ २६ रन बनाउँदै आउट भएका हुन् । उनले ३८ बलमा ५ चौका प्रहार गरे । आरिफ र सोमपाल कामीले चौथो विकेटको लागि ५९ रनको साझेदारी गरेका हुन् । यसअघि नेपालले शुरुवाती दुई ओभरमा तीन विकेट गुमाएको थियो । नेपालले कुशल भुर्तेललाई ८, आसिफ शेखलाई ५ र रोहित पौडेललाई सुन्य रनमा गुमाएको हो । कुशल ४ बल खेल्दै २ चौका प्रहार गरेर आउट भएका हुन् । आसिफ ५ रन बनाउँदै नसिम शाहको बलमा अफ्तिखर अहमेदबाट क्याच आउट भए ।

जीतको लागि ३ सय ४३ रनको भारी विजयी लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा १६ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

पाकिस्तानको लागि शाहिन शाह अफ्रिदीले दुई विकेट लिंदा हारिस राउफ र नशिम शाहले एक विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको हो । पाकिस्तानको लागि बाबर अजाम र अफ्तिखर अहमेदले सतक पूरा गरेका हुन् । बाबरले १ सय ३१ बलमा १४ चौका र ४ छक्काको मद्दतमा १ सय ५१ रन बनाएका हुन् । इफ्तिखरले ७१ बलमा १ सय ९ रन बनाए । उनले ११ चौका र ४ छक्का प्रहार गरेका हुन् । यसअघि मोहम्मद रिजवानले ५० बलमा ६ चौकाको मद्दतमा ४४ रन बनाउँदा फखर जमानले १४ रनको योगदान गरेका थिए ।

नेपालको लागि सोमपाल कामीले १० ओभरमा एक मेडन राख्दै ८५ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिंदै एक विकेट लिंदा करण केसीले ९ ओभरमा ५४ रन दिँदै एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *