काठमाडौं । एसीसी एसिया कप अन्तर्गत जारी पाकिस्तानविरुद्धको खेलमा नेपालले खराब शुरुवात गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको हो ।
जीतको लागि ३ सय ४३ रनको भारी विजयी लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेललाई ८ र रोहित पौडेललाई सुन्य रनमा गुमाएको हो । कुशल ४ बल खेल्दै २ चौका प्रहार गरेर आउट भएका हुन् । पाकिस्तानको लागि शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको हो । पाकिस्तानको लागि बाबर अजाम र अफ्तिखर अहमेदले सतक पूरा गरेका हुन् । बाबरले १ सय ३१ बलमा १४ चौका र ४ छक्काको मद्दतमा १ सय ५१ रन बनाएका हुन् । इफ्तिखरले ७१ बलमा १ सय ९ रन बनाए । उनले ११ चौका र ४ छक्का प्रहार गरेका हुन् । यसअघि मोहम्मद रिजवानले ५० बलमा ६ चौकाको मद्दतमा ४४ रन बनाउँदा फखर जमानले १४ रनको योगदान गरेका थिए ।
नेपालको लागि सोमपाल कामीले १० ओभरमा एक मेडन राख्दै ८५ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिंदै एक विकेट लिंदा करण केसीले ९ ओभरमा ५४ रन दिँदै एक विकेट लिए । दोस्रो इनिंस केहीबेरमा शुरु हुनेछ ।