नेपाललाई  तेस्रो सफलता

काठमाडौं । पाकिस्तानविरुद्ध जारी एसीसी एसिया कपको उद्धाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले मोहम्मद रिजवानको महत्त्वपूर्ण विकेट लिँदै तेस्रो विकेट लिएको हो ।

रिजवानलाई दीपेन्द्र सिंह एरीले रन आउट गरेका हुन् । रिजवानले ५० बल खेल्दै ६ चौकाको मद्दतमा ४४ रन बनाएका थिए । बाबर र रिजवानले तेस्रो विकेटको लागि ८६ रनको साझेदारी गरेका थिए । यसअघि नेपालले पहिलो विकेटको रुपमा पाकिस्तानका ओपनर फखर जमानलाई आउट गरेको थियो । फखर २० बलमा ३ चौकाको मद्दतमा १४ रन बनाउँदै करण केसीको बलमा आउट भएका हुन् । यस्तै दोस्रो विकेटको रुपमा रोहित पौडेलले अर्का ओपनर इमान उल हाकलाई ५ रनमा आउट गरेका थिए ।

ताजा अवस्थामा पाकिस्तानले २५ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ११६ रन बनाएको छ । हाल कप्तान बाबर अजाम ४५ र अघा सलमान ३ रन बनाउँदै क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *