सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआबी) ले राहुललाई बुधबार पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता कुवेर कठायतले भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा अनुसन्धानका लागि राहुललाई पक्राउ गरिएको जानकारी दिए ।

राहुल आफैंले पनि सिआइबी जान लागेकोबारे सामाजिक सञ्जालरमार्फत जानकारी दिएका थिए। महराले लेखेका छन्,‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु।’

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले दर्जनौं पटक कुरा गरेको खुलेको थियो । इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग बाबुले २२ पटक र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो ।

तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो । गत पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *