नेपाललाई लगातार दुई सफलता

काठमाडौं । पाकिस्तानविरुद्ध जारी एसीसी एसिया कपको उद्धाटन खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले पहिलो पावर प्लेमै दुई विकेट हात पारेको हो ।

नेपालले पहिलो विकेटको रुपमा पाकिस्तानका ओपनर फखर जमानलाई आउट गरेको हो । फखर २० बलमा ३ चौकाको मद्दतमा १४ रन बनाउँदै करण केसीको बलमा आउट भएका हुन् । यस्तै दोस्रो विकेटको रुपमा रोहित पौडेलले अर्का ओपनर इमान उल हाकलाई ५ रनमा रन आउट गरेका हुन् ।

ताजा अवस्थामा पाकिस्तानले ८ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३१ रन बनाएको छ । हाल कप्तान बाबर अजाम ८ र मोहम्मद रिजवान एक रन बनाउँदै क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *