काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आज एकदिवसीयमा ५० औं खेल खेल्दैछन् । आजबाट शुरु हुने एसीसी एसिया कपको उद्धाटन खेलमा पाकिस्तानविरुद्ध मैदान उत्रिदा सन्दीपको एकदिवसीयमा ५० औं खेल हुनेछ ।
सन्दीप आजको खेलमा नेपालको मुख्य हतियार हुनेछन् । विश्वको लगभग सबै चर्चीत लिग खेलिसकेका सन्दीपले नेपाली टोलीको बलिंङको लिड गर्नेछन् । हालसम्म ४९ एकदिवसीय खेल खेलेका सन्दीपले १ सय ११ विकेट लिइसकेका छन् । सन्दीप एसिया कपमा सहभागिता जनाउन सोमबार पाकिस्तान प्रस्थान गरेका थिए । नेपाली टोली गत हप्तानै पाकिस्तान गएपनि हाल नाबिग बलात्कारको आरोप खेपिरहेका सन्दीपको आइतबार पेशी भएको कारण टोलीसँगै जान पाएका थिएनन् ।
नेपाल आज एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा रहेको टोली पाकिस्तानसँग भिड्दैछन् । मुल्तान क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।