एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

काठमाडौं । १६ औं संस्करणको एसिया कपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आज पाकिस्तान जाँदै छन् । सन्दीप आज बिहान ११ः २०  बजेको कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तान जाने क्यानले जनाएको छ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले टोलीसँगै लगेको थिएन ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र भारत रहेका छन् । नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *