हुथी विद्रोहीको आक्रमणमा परी १० जना यमनी सैनिकको मृत्यु

इरान समर्थित हुथी विद्रोहीले ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ ।

दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको सेनाले जानकारी दिएको छ । करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले ताएज आक्रमण युद्ध अन्त्य गर्न र शान्ति हासिल गर्नका लागि गरिएका सबै पहल र प्रयासका लागि चुनौती भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *