प्रिमियर लिगमा सिटी र लिभरपुल विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आइतबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २-१ गोलले पराजीत गरेको हो ।

सिटीलाई जीत दिलाउन इर्लिंङ ब्राउट हालान्ड र रोड्रीले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा हालान्ड र ८८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् ।

जीतसँगै सिटी ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन सेफिल्ड १७ औं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले न्युक्यासल युनाइटेडलाई २-१ गोलले हराएको हो । लिभरपुललाई जीत दिलाउन डार्विन नुनेजले दुई गोल गरे । अन्तिम १० मिनेटसम्म दुई गोलले पछि परेको लिभरपुलले नतिजा उल्टाउँदै जीत निकालेको हो ।

जीतसँगै लिभरपुल तीन खेलबाट ७ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिदा समान खेलबाट ३ अंक जोडेको न्युक्यासल १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *