सन्दीपको मुद्दामा भएन सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पनि सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौंमा आज मुद्दा सुनुवाइका लागि पेसीमा चढेको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ नभएको हो ।

जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासमा पेसी तोकिएको थियो । मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए पनि उनी जान पाएका थिएनन् । आजै उनी पाकिस्तान जाने बताइएको छ । ३० अगस्टमा पाकिस्तानको मुल्तानमा नेपालले पाकिस्तानसँग एसिया कपको उद्घाटन खेल खेल्दै छ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *