शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झन्डै साढे छ प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ३८ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *