अमेरिकाको फ्लोरिडामा बन्दुकधारीद्वारा तीन जनाको हत्या

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा बन्दुकधारीले तीन जनाको हत्या गरेपछि आक्रमणकारीले आफैँलाई गोली हानेका छन् । आक्रमणकारीले डलर जनरल स्टोरमा प्रवेश गरी गोली चलाएको थियो ।

त्यसपछि प्रहरी र आक्रमणकारीबीच मुठभेड भएको थियो । आक्रमणकारी करिब २० वर्षका गोरा व्यक्ति रहेको बताइएको छ । आक्रमणमा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।

शहरका मेयर डोना डिगनले यो घटनालाई घृणाजनक भनेका छन् । आक्रमणकारीको नाम भने अझै खुलाइएको छैन । यो हमला उनले एक्लै गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *