हिंसा र विपदका कारण अफगानिस्तानमा साठी लाख नागरिक आन्तरिक रूपमा विस्थापित

राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार नागरिक आन्तरिक रूपमा विस्थापित भएका उल्लेख गरेको छ । यूएनडीपीले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भएको मुलुक बनेको जनाएको छ ।

यूएनडीपीको प्रतिवेदन अनुसार सन् २०२२ को डिसेम्बर ३१ सम्ममा द्वन्द्व र हिंसाका कारण ४३ लाख ९० हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने विपद्का कारण २१ लाख ६० हजार मानिस विस्थापित भएका छन् । प्रतिवेदनले आगामी ३० वर्षमा विश्वव्यापी विस्थापनको सम्भावित वृद्धिबारे चेतावनी जारी गरेको टोलो न्यूजले जनाएको छ ।

केही अन्य विस्थापितले तालिबान र सहायता संस्थाहरूसँग उनीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । यसबाहेक, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले यसअघि अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *