नेपाल-पाकिस्तान मैत्री महोत्सव आयोजना

काठमाडौँ । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतावासको सहयोगमा एसियाली अध्ययन केन्द्र र महाकाली नाट्य परिषदद्वारा संयुक्तरूपमा भक्तपुरमा नेपालमैत्री महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवमा निबन्ध लेखन, हस्तलेखन, चित्रकला र सांस्कृतिक नृत्यलगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यही बुधबारदेखि शनिबारसम्म आयोजना गरिएको महोत्सवमा भक्तपुरका विभिन्न ३० विद्यालयका करिब सात सय विद्यार्थीको सहभागिता थियो ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा नेपालस्थित पाकिस्तानी राजदूतावासका कार्यवाहक राजदूत उमायर अलि र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेका थिए ।

त्यस अवसरमा उहाँहरूले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यस्ता कार्यक्रमबाट दुई देशका जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *