मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छः नेता निधि

धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।

शनिबार जनकपुरधामको श्री महाविर युवा किमिटिका कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदभार, सपथ ग्रहण र प्रमाणपत्र वितरणको अवसरमा नेता निधिले मधेसमा पहिले जस्तै कांग्रेसलाई बलियो बनाउन सबै जु्ट्नुपर्ने बताए ।

उनले सङ्घीयता बलियो बनाउनुपर्ने भन्दै प्रदेशमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *