धरानमा सामाजिक सद्भाव कायम राख्न आयोगको अपील

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ । शनिबार विज्ञप्ति जारी गरी आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपील गरेको हो ।

आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपील गरेको छ । साथै आयोगले एक आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *