धरान जानेक्रममा झापाको चारपानेमै रोकियो धार्मिक र्‍याली

धरान । धरानमा शनिबार आयोजना गरिएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा रोक लगाएको छ ।

विभिन्न हिन्दू संगठनहरुले धरानमा निकालिएको धार्मिक र्‍यालीलाई धरान जानेक्रममा झापा चारपानेमा रोकिएको हो । गौहत्याको विरोधमा विभिन्न हिन्दू संगठनहरुले धरानमा धार्मिक र्‍याली आयोजना गरेका थिए । र्यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ ।

यही धार्मिक र्याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको छ। सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *