दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ ९ गते शनिबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ ९ गते शनिबार इश्वी सन् २०२३ अगस्त २६ तारीख श्रावण शुक्ल पक्ष दशमी तिथि मूल नक्षत्र विष्कुम्भ योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु राट्यि धर्मसभा दिवस  (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारका सदस्यहरूकाे मार्ग दर्शन नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नुपर्ने छ । नयाँ मित्रहरुसँगको भेटघाटमा छाेटाे यात्रा तथा सामान्य खर्च हुनसक्ने सम्भावना रहेको छ । अचल सम्पत्तिमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाइ हुन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिक भनिएका व्यक्तिहरूको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनुपर्ने छ । कुनै पनि निर्णय हतासमा नगरै कै बेश हुनेछ । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवन साथीको सहयोगले गरिएको व्यापार व्यवसायमा मनग्य लाभ मिल्ने छ । मान्यजनको साथ सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पूर्ण हुने छन् । बोलिको प्रभावको कारण मान्यजनको साथ पाइने छ । कार्य सम्पादनका क्रममा सावधानी साथै गोप्यता अपनाउनुपर्ने देखिन्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकको संख्यामा बृद्धि हुनाले मनमा उत्साह बढ्ने छ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण विश्वासले तपाईँलाई आघात दिलाउँला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनुपर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । बौद्धिक व्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृपक्षको स्वास्थ्यमा देखा परेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कठिनाइ पश्चात् मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला । कार्य क्षेत्रमा लगाइएको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँट र शाहसको कमीले कार्यमा व्यबधान आउला । प्रतिपक्षीहरू सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ । हतासमा गरिएका कामले झन्झट थपिन सक्छ । पारिवारिक सम्बन्धमा सुधार आउने छ । सामान्य यात्रा हुन सक्छ । भोगविलासमा समय व्यतित हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाइ उत्पन्न गराउने छ । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दम्पतीबीच सामान्य मनमुटाब रहला । वाणी तथा स्वास्थ्यमा ध्यान दिएको बेश हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउने छ । जिद्धी स्वभाव तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउँला । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्ने छ । व्यापार व्यवसायमा समय खर्चिदा उत्तम रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्ना प्रिय व्यक्तिसँगकाे वियोगले मन निरुत्साहित रहला । अन्य व्यक्तिको तुरून्त विश्वास गर्ने बानीमा सुधार ल्याउनु पर्नेछ । लापरबाहीले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी बृद्धिका लागि विद्वत व्यक्तित्वहरुको मार्ग दर्शन अबलंबन गर्दा लाभदाइक हुने छ । मित्रजनको सहयोग पाएका कारण मन प्रशन्न रहला । बोलीको कारण साथी भाइ टाँढिन पनि सक्नेछन् । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहने छ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *