धरानमा निषेधाज्ञा जारी

सुनसरी । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको हो । शुक्रबार मध्यरातिदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *