नेपाल मलेसियासँग ६ विकेटले पराजित, फाइनलमा हङकङसँग खेल्ने

काठमाडौं । चारदेशीय टी २० महिला क्रिकेट सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । शुक्रबार बायुमास ओभल मैदानमा नेपालले दिएको ८४ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ । फाइनलमा नेपालको भेट हङकङसँग हुने भएको छ । नेपाल, हङकङ र मलेसियाको समान ४ अंक भए पनि रनरेटमा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदा मलेसिया जित निकालेर पनि तेस्रो स्थानमा रह्यो ।

यसैगरी एक खेल पनि नजितेको कुवेत चौथो स्थानमा रह्यो । नेपालविरुद्ध मलेसियालाई जित दिलाउन अनिना हमिजाह हासिमले ३७ रनको नटआउट पारि खेलिन् । यसैगरी महिराह इस्माइलले २१ रन बनाउँदा वान जुलियाले ८ रनको योगदान गरिन् । नेपालका लागि पुजा महतो, सिता रानामगर, रुविना क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाका कारण खेल २ ओभर घटाइएको थियो । नेपालका लागि कप्तान रुबिना क्षत्रीले २३ रन बनाउँदा इन्दू बर्माले २० तथा काजल श्रेष्ठले १८ रन बनाइन् । सिता रानामगरले ९ रन बनाउँदा कविता जोशी ४ रनमा नटआउट रहिन् । यसैगरी सम्झना खड्का २, पूजा महतो १, कविता कुँवर १, विन्दू रावलले १ रन बनाए । मलेसियाका लागि अनिना हमिज, माहिरा इस्माइल र नूर समदले दुई दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *