चितवन । लगातारको वर्षा भएसँगै आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।
नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरू भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ । अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए ।