सुनकाण्डको मात्र होइन, नेपालमा भएका सबै भ्रष्टाचार काण्डको छानबिन गर्न आयोग बनाइनुपर्छः सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सदन कार्यसूचीमा प्रवेश नगरेको दिनको तलब भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पौडेलले सदन कार्यूचीमा प्रवेश नगरेको दिनको तलब भत्ता नलिन प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्, ‘अब कार्यसूचीमा प्रवेश नगरेको दिन बैठकको पारिश्रमिक भत्ता निलने गरौँ । कार्यसूचीमा प्रवेश नगरेको दिन कुनै पनि सुविधा प्रप्त नहुने भनेर नियम बनाइयोस् ।’ उनले नेपालमा चर्चामा रहेका सबै भ्रष्टाचारजन्य घटनाहरुको छानबिन गर्न छानबिन आयोग बनाउन माग गरेका छन् ।

उनले भने, ‘जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत आयोग गठन गर्ने सहमति भएको छ । यो सुन प्रकरणको मात्र होइन । तर नेपालमा भ्रष्टाचारका घटना भएका विषय यी मात्र हुन् त ? भ्रष्टाचारजन्य जति घटना छन् ती सबैको छानबिन गर्ने सरकारले भन्यो तर त्यो भएको छैन । छनौट गरेर भ्रष्टाचारको काण्ड छानबिन गर्ने होइन, सबैको छानबिन गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *