पाकिस्तानी गाउँमा केबलकारमा फसेकाहरूको १५ घण्टापछि उद्धार

पाकिस्तानमा केबलकार अड्किएपछि फसेका आठै जनाको १५ घण्टापछि उद्दार गरिएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार राति अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य निष्कर्षमा पुगेको जनाएको छ ।

केबलकारसँगै अड्किएका केही बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको बताइएको छ । पाकिस्तानको सेनाले जिप लाइनका विज्ञहरू लगेर केबलकारमा अड्किएकाहरूको उद्धार सुरू गरेको जनाएको थियो । उक्त केबलकारमा छ जना बालबालिकासहित आठजना सवार थिए ।

ती बालबालिका विद्यालय जान केबलकार चढेका थिए। तर एउटा तार चुँडिएपछि उक्त केबलकार जमिनभन्दा ९ फिटमाथि १५ घण्टाभन्दा बढी झुन्डिएको थियो । पाकिस्तानका अन्तरिम प्रधानमन्त्रीले खाइबर पख्तून्ख्वास्थित बट्टग्राममा केबलकारमा फसेका मानिसहरूलाई उद्धार भएकोमा आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *