फिलिपिन्सको सेनाले लुजोन टापुको बिकोल क्षेत्रमा अघिल्लो हप्ता गरेको दुईवटा छुट्टाछुट्टै कारबाहीमा पाँच संदिग्ध विद्रोहीलाई मारेको छ । सेनाले करिब २० न्यु पिपुल्स आर्मी (एनपीए) विद्रोहीसँग सो क्षेत्रको टापु प्रान्त मासबेटमा भीडन्त भएको जनाएको छ। गोली हानाहानमा एक जना नेतासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।
करिब ३० मिनेटको भीडन्तपछि अन्य विद्रोहीहरू भागेको सेनाले जनाएको छ । सेनाले राइफल, ग्रेनेड लन्चर र विभिन्न गोला बारुद बरामद गरेको जानकारी दिएको छ । दोस्रो झडप शनिबार क्यामरिनेस सुर प्रान्तमा भएको थियो जसमा एनपीए उच्च पदस्थ सदस्यको मृत्यु भएको थियो ।
एनपिए विद्रोहीहरू सन् १९६९ देखि सरकारी सेनाहरूसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमणहरू केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्कले जनाएअनुसार एनपीएमा २ हजार सदस्यहरू छन्।