दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् भदौ ५ गते मंगलबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० भदौ ५ गते मंगलबार इश्वी सन् २०२३ अगस्त २२ तारीख श्रावण शुक्ल पक्ष षष्ठी तिथि स्वाती नक्षत्र शुक्ल योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा ध्वज योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु कल्की जयन्ती (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक झोरझमेलाको सामना गर्नुपर्ने छ । साझेदारीकाे कार्यमा सावधानी अपनाउनु राम्रो हुनेछ । शारीरिक आलस्यताले सताउन सक्ने छ । नयाँ लगानीमा सजग रहनुहोला । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाइ हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको साथ सहयोगमा गरिएका कार्य भने सफल रहलान् । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । शारीरिक आलस्यले कार्य ढिलाइ हुन सक्छ । अरुको विश्वासमा गरिएका कार्यहरुमा सामान्य झन्झट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक झोर झमेलाले सताउँन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानीका क्षेत्र भने मध्यम रहेका छन् । भोग विलासका क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौद्धिक ब्यक्तित्वसँगको भेटघाटले मन हर्षित तुल्याउला । नयाँ कार्यको थालनीले आम्दानी सबल तुल्याउने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काममा क्षेत्रमा विशेष ध्यान दिनुहोला । पारिवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । वाणीको चातुर्यताले नयाँ मित्र बन्न सक्छन् ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनको साथ सहयोग भरपुर रहने छ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बौद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतले मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थ्यमा सामान्य बाधा आउन सक्छ । बोलीको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन्, सजग रहनुहोला । दीर्घकालिन फाइदा मुलक काममा लगानी लगाउने राम्रो समय रहेको छ तर तत्कालका लागि भने आर्थिक अभाब झेल्नुपर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साधारण चोटपटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बीच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आँटको कमि रहला । व्यापार व्यवसायका माध्यमबाट आम्दानीका स्राेत सुदृढ बन्नेछ । साझेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जस्ता समाराेहमा सहभागीता जनाउने अवसर मिल्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरुको लागि साधारण खर्च हुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्झट ब्यर्होनुपर्ला । व्यापार व्यवसायमा सामान्य हानी रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहने छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हरकोहिको पुर्ण विश्वास नगर्नुहोला, धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानी नगरे कै बेश हुनेछ । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । मित्रजनको साथ सहयोय प्राप्त हुनेछ । कार्यकशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानी अपनाउनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारिवारिक सम्बन्धमा सुधार आउने छ । कष्टकर यात्रा रहन सक्छ । शारीरिक आलस्यताले सताउने छ । सभा सम्मेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नुपर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
दाजु भाइ तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेको छ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनुपर्ला । लगानीका क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक अस्वस्थताका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामानको क्षति ब्यहोर्नुपर्ला सजग रहनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *