प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज मध्यान्ह साढे १२ बजे प्रधानमन्त्रीको कार्यालयमा सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । संसदको अवरोध खुलाउने विषयमा दलहरूसँग छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको काग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले शनिबार आइतबारदेखि संसद् चल्ने दाबी गरेका थिए ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि संसद अवरोधबारे छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

preload imagepreload image