१५ वर्षको स्वनिर्वासनपछि थाई पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कने

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलबार स्वदेश फर्कने भएका छन् । सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष स्वनिर्वासनमा बिताएका थिए ।

थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आएका छन् तर उनीमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । ‘मङ्गलबार (अगस्ट २२) को ठीक ९ बजे म आफ्ना बुबा थाक्सिनलाई डन मुआङ विमानस्थलमा स्वागत गर्नेछु,’ फेउ थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासीमध्येकी एक उनकी छोरी पेतोङतार्न सिनावात्राले इन्स्टाग्राममा लेखेकी छन् । थाक्सिनले अर्को एक सन्दर्भमा भनिन्, “उहाँ यस पटक निश्चित रूपमा घर आउँदै हुनुहुन्छ ।’

‘म जनताको चित्त दुखाउन चाहन्नँ । म चाहन्छु कि सबैले एकअर्कालाई माया गरून् । म देश शान्तिपूर्ण होस् भन्ने चाहन्छु,’ उनले भनिन् । ‘म बूढो भएँ, म मेरा नातिनातिनाहरूलाई सम्झन्छु, म मेरो परिवारसँग बस्न चाहन्छु ।’

थाक्सिनसम्बद्ध फेउ थाई पार्टीकी श्रेता थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने वा नगर्ने र मे महिनामा भएको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक अनिश्चितता अन्त्य गर्ने विषयमा दिउँसो हुने मतदानपूर्व उनको पुनरागमन हुनेछ ।

प्रधानमन्त्री बन्नका लागि सेरेथाले ५०० निर्वाचित सांसदको तल्लो सदन र राज्यको अन्तिमतिर शैनिक प्रशासक (जुन्टा)ले छानेको २५० सदस्यीय सिनेटमा बहुमत जुटाउनु आवश्यक छ ।

प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले चुनावमा सबैभन्दा बढी संसदीय सीट जितेको थियो तर सिनेटबाट मत नपाउँदा एमएफपीले आफ्नो नेतालाई प्रधानमन्त्री बनाउन विफल भएको छ ।

फेउ थाई दोस्रो स्थानमा आएको छ र सरकार गठनको प्रयास गरिरहेका छ । उनी लामो समयदेखि विभाजनकारी व्यक्तित्व रहे पनि राजनीतिक विश्लेषकहरूले थाक्सिनको उपस्थितिले विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *