सुन तस्करी प्रकरणः थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गएराति काठमाडौंबाट थप दुई चिनियाँलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीले यसअघि पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । यीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ । सुरुमा राजश्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान गरेकोमा १९ दिनपछि सीआईबीलाई जिम्मा दिएको छ ।

अहिले सीआईबीले यसको अनुसन्धान गरिरहेको छ । ब्रेक शु सहित १५५ किलो बरामद भएकोमा सुन गालेर जोख्दा सुनको तौल ६० किलो ७१६ ग्राम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *