शनिबार काठमाडौंका यी ठाउँमा पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । सबस्टेसन मर्मतका लागि काम हुने भएपछि शनिबार काठमाडौं उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा धेरै स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो । प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ ।

यस्तै बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर, हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रापेवे फिडरमा विद्युत सेवा बिहान १० देखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *