युनिसेफले श्रीलङ्कामा १६ लाख बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने

श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कोभिड–१९ महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई उनीहरूको सिकाइमा सहयोग पु¥याउने कार्यक्रम शुरु गरेका छन् ।

श्रीलङ्काका शिक्षामन्त्री सुशिल प्रेमजयन्तले विगत तीन वर्षदेखि लामो समयसम्म विद्यालय बन्द हुनुका साथै छिटपुट रूपमा विद्यालय बन्द हुँदा ती विद्यार्थी प्रभावित भएको बताएका छन् ।

मन्त्रालयले गरेको राष्ट्रिय मूल्याङ्कनअनुसार कक्षा तीन का ८५ प्रतिशत बालबालिकाले साक्षरता र सङ्ख्यात्मकतामा न्यूनतम दक्षता हासिल गर्न सकेका छैनन् ।

श्रीलङ्काले हाल आफ्नो कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतभन्दा कम शिक्षामा विनियोजन गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको चार देखि छ प्रतिशतको अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै तल छ ।

जुलाईमा, शिक्षा मन्त्रालय र युनिसेफले विकास साझेदारहरूको समर्थनको लाभ उठाउन ‘सिकाइ सुधार’ का सम्बन्धमा एक विशेष छलफल आयोजना गरेको थियो । नौ प्रान्तमा भएका अधिक प्राविधिकस्तरीय कार्यशालाहरूमा देशको प्राथमिक विद्यालयमा पठनपाठन गर्ने बालबालिकाको शैक्षिक अवस्थाबारे लेखाजोखा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *