अमेरिकाले चुनावी मुद्दालाई आफ्नो लाभका लागि उचालेको हसिनाको आरोप

बङ्गालादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकाले बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको आरोप बताएकी छन् । अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न र ‘मानव अधिकारको रक्षा’ का लागि भन्दै बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको र बङ्गलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाले बताएकी हुन् ।

उसले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचनको मुद्दा उठाएर यस क्षेत्रलाई अस्थिर बनाउन चाहेको उनले बताइन् अमेरिकीहरु हिन्द महासागर र बङ्गालको खाडीक्षेत्रमा नियन्त्रण कायम गर्न लोकतन्त्र र निर्वाचनलाई प्रयोग गरेर बङ्गलादेशमा बहाना सिर्जना गर्न चाहेको उनको भनाई थियो ।

अमेरिकी विदेश मन्त्रालयले बङ्गलादेशको लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको भन्दै केही बङ्गलादेशी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । वासिङ्टनले यसअघि बङ्गलादेशको अपराध नियन्त्रणका लागि विशेष बल, ¥यापिड एक्सन बटालियनमाथि मानव अधिकारको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *