नेप्सेमा ८ अंकको बृद्धि, डेढ अर्बको कारोबार

काठमाडौं । लगातार घटेको शेयर बजार नेप्से बिहीबार भने सामान्य बढेको छ । बिहीबार नेप्से ८ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा धेरै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्डको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको शेयर साढे सात प्रतिशतले घटेको छ ।

आज ४० लाख नौ हजार कित्ता शेयर एक अर्ब ५४ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १३ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *