ललिता निवास र भुटानी शरणार्थी प्रकरणलाई ठूला दलले मिलेमतोमा टुंग्याउन लागेका लिङ्देनको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा ठूला दलले मिलोमतो गरेका आरोप लगाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्न थालेको बताएका हुन् । उनले अनुसन्धानलाई प्रभावित पार्न अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई सरुवा गर्न खोज्नु त्यसैको उदाहरण भएको बताए ।

उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे ? अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ? के यो सत्य हो ? होस गरेस्, हामी जागा छौँ अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *