उच्चस्तरीय समिति बन्न नदिएर सरकारले एक क्वीन्टल सुन ६० किलोमा झार्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेर एक क्वीन्टल सुनलाई ६९ किलोमा झारेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पार्टीको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले उच्चस्तरीय समिति बन्न नदिएर अहिलेसम्मको सरकारको सफलता भनेको एक क्वीन्टलबाट ६० किलोमा झरेको अरोप लगाएका हुन् । उनले विमानस्थलबाट ३३ पटक नै सुन आएको दाबी गर्दै यो एकपटक बाध्यतावस समातिएको बताए ।

उनले भने ‘३३ पटक एक क्वीन्टलका दरले आएको सुन आएको छ । बाध्यताले यो एक पटक समातिएको हो । सुरुमा एक क्वीन्टल छ भनियो । निष्पक्ष आयोग गठन गर्न नदिएर अहिलेसम्मको सरकारको सफलता भनेको एकसय किलोबाट ६० किलोमा झारियो ।’

अध्यक्ष ओलीले सरकारले व्यवसायीहरूलाई विभिन्न बहानामा आतंकित पारेको आरोप लगाए । उनले उद्यमी–व्यवसायीलाई आतंकित पारेर सरकार साहुजी बन्न खोजेको आरोप लगाए । सरकारले आफू अनुकुलका व्यवसायीलाई पोसेको उनले आरोपसमेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *