शेयर बजारमा २० अंकको गिरावट

काठमाडौं । शेयर बजार नेप्से बुधबार पनि घटेको छ । मङ्गलबार ३२ अङ्कले घटेको नेप्से बुधबार २० दशमलव ३१ अङ्कले घटेर दुई हजार २५ दशमलव १२ विन्दुमा झरेको छ ।

बुधबार सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै बलेफी हाइड्रो र सनराइज फोकस्ड इक्युटी फन्डको शेयर चार प्रतिशतले बढेको छ । आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *