नागरिकलाई विद्युतीय सवारी प्रयोग गर्न इन्डोनेसिया सरकारको आह्वान 

इन्डोनेसियाली सरकारले हालै जकार्तामा गम्भीर वायु प्रदूषणको चपेटामा परेपछि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिँदै विद्युतीय सवारी साधन प्रयोगतर्फ अगाडि बढ्न जनतालाई आह्वान गरेको छ ।
इन्डोनेसियाका राज्य–स्वामित्वका उद्यम मन्त्री एरिक थोहिरले जकार्तामा हालै देखिएको वायु प्रदूषण देशको इतिहासमा सबैभन्दा खराब भएकाले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएका छन् ।
“एक समाधान भनेको वैकल्पिक ऊर्जा प्रयोग गर्नु हो जुन वातावरणमैत्री छ । त्यसैले सरकारले परम्परागत इन्धनबाट चल्ने सवारी साधनबाट विद्युतीय सवारी साधनमा परिवर्तन गर्न जोड दिइरहेको छ,” थोहिरले भर्चुअल सेमिनारमा भनेका छन् ।
राष्ट्रपति जोको विडोडोले सोमबार अगस्ट १३ सम्म राजधानीको वायु गुणस्तर सूचकाङ्क  एक सय ५६ मा पुगेको उल्लेख गर्नुभएको छ । यो अवस्था वायु प्रदूषणका हिसाबले अत्यन्त खराब हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *