निगमद्वारा पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेलको १४ रुपैयाँ मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *