दक्षिणकाली माताले तपाईँको रक्षा गरुन्, हेर्नुहोस् साउन ३१ गते बुधवारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन ३१ गते बुधबार इश्वी सन् २०२३ अगस्त १६ तारीख अधिक श्रावण कृष्ण पक्ष औंशी तिथि अश्लेषा नक्षत्र वरियान योग नाग करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्नान–दान गर्नेऔंशी हलो बार्ने अधिकमास समाप्त मालपुवा दान गर्ने, मत्स्येनारायण मेला समाप्त (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भुमि एवम् वाहन सुख मिल्ने छ । पारिवारिक स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने छ । नोकरीमा उन्नति मिल्ने छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । व्यापार व्यवसाय मध्यम रहला । मानसिक चन्चलताले सताउँने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय व्यतित रहला । नयाँ कार्य थालनीमा साबधान अपनाउनुहोला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भावना रहेको छ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईँको कार्य सम्पादनको श्रेय अन्य व्यक्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सही सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाइ भोग्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्ने छ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । पुरानो लगानी उठाउन समयले साथ दिनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानीका विभिन्न स्राेतहरु फेला पर्ने छन् । मानशीक तनावका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आइपर्न सक्नेछ । पारिवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अधुरो यात्रा रहने योग रहेको छ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउँने छ । आँट साहशमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको संख्यामा बृद्धि हुनेछ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिदी बहिनीहरूको साथ सहयोगले दीगो फाइदा हुने कार्यको थालनी होला । आकस्मिक धन लाभको सम्भावना रहेको छ । बौद्धिक क्षेत्रका व्यक्तित्वसँगकाे संगतका कारण मन प्रशन्न रहला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विद्यार्थी वर्गको वाैद्धिक विकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइने छ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ । भौतिक स्राेत साधनको प्रयोगमा समय व्यतित रहने योग रहेको छ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाइको सम्भावना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ईष्ट मित्रजनको सहयोग प्राप्त हुनाले कार्य सहज रहला । मान्यजनको मार्ग दर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहने छ । आय आर्जनका निम्ति अधिक श्रम गर्नुपर्ने समय रहेको छ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानशीक चन्चलताले कार्य क्षेत्रमा झन्झट आइपर्ने छ । सामान्य वादविवादको सामना गर्नुपर्ला । मनमा उत्पन्न विभिन्न कुविचारले समस्या निम्त्याउन सक्ला, सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जस्ता समाराेहमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय व्यतित रहनाले मन प्रशन्न रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारी कार्यमा हात नहाले कै बेश रहने छ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । विश्वासिला भनिएका व्यक्तिहरूबाट धोका हुन सक्ला । तपाईँको कार्यबाट फाइदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा समय ब्यतित रहने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । कार्य सम्पादनप्रति अरुको दबावको महसुस हुनाले दिन तनाबपूर्ण व्यतित रहला । स्वास्थ्यमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । असम्बन्धित व्यक्तिहरूको विश्वासमा नपर्नुहोला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौद्धिक क्षेत्रका व्यक्तित्वको संगतका कारण मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । आय आर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा व्यवधान आइपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *