चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

 

काठमाडौँ । गृह मन्त्रालय चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी सरुवा गरेको छ ।

यस्तै धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रजिअ बनाइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *