लामो समयपछि ओली र रावलबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली र पार्टीभित्र फरक मत राख्दै आएका नेता रावलबीच मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा भेटवार्ता भएको हो । रावलले पार्टीको १०औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

ओलीसँग पराजित भएका उनी त्यसयता उनले एमाले अध्यक्ष ओलीसहित पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै आएका छन् । मंसिर ४ को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनी अध्यक्ष ओलीप्रति झन् आक्रामक बनेका थिए। रावलसँग सम्वाद गर्न पार्टीले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटीसमेत गठन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *