सुन तस्करीमा महराको संलग्नता पुष्टि भए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए कारबाही हुने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा महराको नाम मुछिएको र संलग्नता पुष्टि भए कारबाही हुने बताएका हुन् ।

प्रधानमन्त्रीले सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाउँदा आफ्ना मान्छे बनाउन खोज्यो भनेर भनिएको पनि बताए । उनले भने, ‘यति ठूलो अनुसन्धान भइरहेको छ । तर, आफ्ना मान्छे बचाउन खोज्यौँ भन्ने रिपोर्ट गलत हो । बयान लिएर अभियोजन नगर्नुचाहिँ गलत हो, मैले प्रस्ट भनेको छु संलग्नताको रिपोर्ट सही हो भने कारबाही अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा दोषी कोही नछुट्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *