संखुवासभामा दुई कैदी मृत्यु प्रकरणः असई लक्ष्मी चौधरी पक्राउ

संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यलायले उनलाई पक्राउ गरी जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन् ।

शनिबार जिल्ला प्रहरी कार्यालयमा जेलर राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो । जाहेरी परेपछि प्रहरीले जेलर घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको छ। प्रहरीले जेलर घिमिरेलाई भने पक्राउ गरिसकेको छैन। यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

गत बुधबार कारागारमा रहेका कैदी विनोद तोलाङ्गी र विकास श्रेष्ठको मृत्यु भएको थियो । आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटेर भाग्दै गर्दा ड्युटीमा खटिएका प्रहरीले देखेपछि पक्राउ गरी कुटपिट गरेका थिए ।

कुटपिटबाट सख्त घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको थियो । त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *