इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा

एजेन्सी । इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनलको खेलमा चार्लोटी एफसीलाई ४-० गोलले हराउँदै मियामी सेमिफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा मियामीलाई जीत दिलाउन जोसेफ मार्टिनज, रोबर्ट टेलर र लियोनल मेस्सीले समान एक-एक गोल गरे । १२ मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मियामीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा टेलरले गोल गर्दै मियामीको अग्रता दोब्बर बनाए ।

७८ औं मिनेटमा एडिल्सन मालान्डाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि मियामी सहज जीततर्फ अगाडि बढेको थियो । यस्तै ८६ औं मिनेटमा  मेस्सीले गोल गर्दै मियामीलाई ४-० गोलको जीत दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *