तुलसीपुर उपमहानगरपालिकाबाट पत्रकारले लाखौंको इन्धन सुविधा लिएको खुलासा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकावाट पत्रकारहरुले इन्धन लिने गरेको पाइएको छ । उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ दाङ शाखालाई उपलव्ध गराएको विवरण अनुसार उपमहानगरपालिकाबाट विभिन्न मितिमा पत्रकारहरुका संगठन र पत्रकार गरी ३५ जनाले इन्धन लिएको पाइएको हो ।

इन्धन लिनेमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलदेखि एमाले र माओवादी निकट पत्रकार संगठनहरुसमेत छन् । उनीहरुले १ सय लिटर देखि १० लिटरसम्म इन्धन लिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *