‘बुक फ्रि फ्राइडे’का कार्यक्रमहरु व्यवहारिक र प्रयोगात्मक विधिमा अभ्यस्त हुँदै

काठमाडौँ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई काठमाडौँ महानगरपालिकाले रोबोटिक्स, कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्को विषयमा अभिमुखीकरण थालेको छ । भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृत्रिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ) मा अभिमुखीकरण सम्पन्न गरिएको छ । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको छ ।

विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । त्यसैले यसप्रकारको अभिमुखीकरण परीक्षापछिको समयमा प्रदान गरिएको हो ।

‘आज विज्ञान र प्रविधिमा आधारित जीवन शैली सञ्चालन भइरहेको छ । यसका विषयमा विद्यालय उमेरमा सिकाउन सकिएन भने विद्यार्थीहरु एक पुस्ता पछाडि पर्छन् । यसकारण पुस्तकमा भएको साध्य (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गरेका हौँ ।’ कार्यक्रमका विषयमा सहायक विज्ञ शैलेन्द्र झाले भने ।

झाका अनुसार आजको कक्षामा विद्यार्थीहरुलाई विभिन्न पक्षमा जानकारी, सम्भावना र प्रतिस्पर्धी समयमा यसको प्रयोगका विषयमा जानकारी दिइएको छ । महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने सिपमा शिक्षा कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *