राष्ट्रसङ्घीय सुरक्षा परिषदमा उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमबारे समीक्षा हुने

अमेरिकाले उत्तर कोरियाको मानव अधिकार उल्लङ्घन रेकर्ड, विश्व शान्ति र सुरक्षासँग कसरी सम्बन्धित छ भनेर समीक्षा गर्न अगस्ट १७ मा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सार्वजनिक बैठकलाई अनुरोध गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डका अनुसार उत्तर कोरियाले यस वर्ष अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रका साथै ठूलो सङ्ख्यामा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको तनावपूर्ण स्थितिका लागि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई जिम्मेवार ठहर्याउँदै  आएको छ र आफ्नो क्षेप्यास्त्र कार्यक्रम आफ्ना प्रतिद्वन्द्वीहरूलाई धम्काउन र ‘भय उत्पन्न गर्न’ बनाइएको दाबी गर्दै आएको छ ।

संयुक्त राज्य अमेरिकाले यसै महिना १५ सदस्यीय सुरक्षा परिषद्को आलोपालो अध्यक्षता गर्दैछ र थोमस–ग्रीनफिल्डले मानव अधिकार मुख्य विषय हुने बताए । सन् २०१७ पछि उत्तर कोरियामा अधिकारका विषयमा परिषद्ले पहिलो पटक सार्वजनिक सत्र आयोजना गर्न लागेको हो र ग्रीनफिल्डले यसलाई ‘लामो समयदेखि पर्खाइमा रहेको’ बताएका छन् । रूस र चीनले सुरक्षा परिषद् मानव अधिकारका विषयमा छलफल गर्ने उपयुक्त स्थान नभएको तर्क गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *